तुलसीपुर,
२९-जेठ /  दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७६-०७७ देखि फूलको मालालाई प्रोत्साहन गर्ने भएको छ ।

पछिल्लो समय खादाको प्रयोग बढ्दा स्थानीय उत्पादनहरु ओझेलमा परेको भन्दै फूलको माला र ढाँकाको उत्पादनलाई प्रयोगमा ल्याउने नीति अघि सारेको छ ।

उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार प्लाष्टिकजन्य सामग्री निशेध गरि दुना टपरीलाई प्राथमिकता दिने समेत नीति अघि सारेको छ ।

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्षमा फोहरमैला प्रसोधन केन्द्र स्थापना गर्ने भएको छ । यस अघि फोहर बिर्सजन गर्ने स्थायी स्थान नहुँदा बजारको फोहरलाई तुलसीपुरको महेन्द्र माबि नजिकै रहेको खोलामा फोहर बिर्सजन गर्ने गरिएको छ ।  


ADVERTISEMENT

  



अब उपमहानगरपालिकाले आगामी बर्षमा फोहरलाई मोहरमा बदल्नका लागि फोहर मैला प्रसोधन केन्द्र स्थापना गर्ने नीति अघि सारेको हो । त्यस्तै दिगो रुपमा फोहोर ब्यबस्थापन गर्न फोहोर मैला बिर्सजन गर्नका लागि स्थायी‘ल्यान्ड फिड साईड’ निर्माण गर्ने भएको हो ।

त्यस्तै उपमहानगरपालिकाले सामुदायिक र निजि बनलाई दिगो ब्यबस्थापन गर्ने, सार्बजनिक स्थानमा सार्बजनिक शौचालय निर्माण गर्ने , बाढीको जोखिममा रहेका यस क्षेत्रका नदी तथा खोलाहरुमा पूर्ब सूचना दिने प्रणाली जडान प्रदेश सरकारसंग समन्वय गर्ने नीति अघि सारेको छ ।

प्रतिकृया

प्रतिकृया