तुलसीपुर,
३१-जेठ /  पश्चिम दाङ क्षेत्रका तीन गाउँपालिकामा जनता आवासका ४२ वटा घर निर्माण हुने भएका छन् ।

दाङको बबई गाउँपालिकामा १७, दंगीशरण गाउँपालिकामा १५ र शान्तिनगर गाउँपालिकामा १० वटा जनता आवासका घरहरु निर्माण हुने भएका हुन् ।

अतिविपन्न दलित परिवारका लागि सम्बन्धित गाउँपालिकाले रकम प्रदान गर्न लागेका हुन् ।


ADVERTISEMENT

  



भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी बिकास तथा भवन कार्यालय दाङले उपलब्ध गराएको रकम दश घरपरिवारलाई वितरण गर्ने निर्णय भएको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए ।

छनोट गरेका प्रत्येकलाई जनही तीनलाख ५० हजारका दरले रकम बितरण गरिने उनले बताए ।

उक्त छनौट भएका घरधुरीले चार किस्तामा रकम पाउने छन् । दुइ कोठे भवन र एउटा शौचालय निर्माणका लागि उनीहरुलाई रकम प्रदान गर्न लागिएको हो ।

प्रतिकृया

प्रतिकृया