कपिल लामिछाने, तुलसीपुर
३१-जेठ /  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का २५ घरधुरीलाई जस्तापाता वितरण गरिएको छ ।

गरीब तथा विपन्न परिवारका लागि बर्षेनी जस्तापाता वितरण गर्दै आएको वडाले यस बर्ष पनि खरका छाना हटाउन जस्तापाता वितरण शुरु गरेको हो ।

उक्त जस्तापाता तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले हस्तान्तरण गरेकी हुन् ।


ADVERTISEMENT

  



खरका छाना मुक्त नगर बनाउने लक्ष्यले तुलसीपुर उपमहानगरपालिकाले थालेको यो अभियानबाट अहिलेसम्म करिव ८० प्रतिशत खरका छाना भएका घरहरुमा जस्तापाता वितरण गरिएको उपप्रमुख माया आचार्यले बताईन् ।

कार्यक्रमका वडा अध्यक्ष माधव वलीले वडाबाट आउदो बर्ष सबै खरका छाना हटाउने बताए ।

साथै उनले यही असार १५ सम्म घरमा जस्ता नलगाए फिर्ता ल्याईने समेत बताए ।

प्रतिकृया

प्रतिकृया