ओमप्रकाश गुप्ता, भालुवाङ
३१-जेठ /  दाङको राप्ती गाउँपालिका वडा ४ मौरीघाटका नेपालकै दोस्रो च्याउँको बीउ उत्पादन केन्द्र सञ्चालनमा आएको छ ।

‘दोर्ण जिसीले च्याउको बिउ उत्पादन गर्न थालिएको हो । आफ्नै घरमा बहुउद्देश्य कृषि तथा च्याउ खेती फर्म स्थापना गरी व्यवसायी सञ्चालन गरेका छन् ।

शिक्षक पेशामा समेत आवद्ध जिसीले २०६० साल देखि च्याउ खेती सुरु गरेका हुन् । नेपालको दोस्रो च्याउको बिउ उत्पादन गर्ने केन्द्र समेत रहेको जिसीले बताए । उनले हाल बिउ उत्पादनबाट वार्षिक १२ लाख रुपैयाँ सम्म आम्दानी गर्ने गरेका छन् ।


ADVERTISEMENT

   


उनले जाडो मौसममा हुने विभिन्न जातका आइस्ट्रल च्याउ, बटम च्याउ र गर्मी मौसममा हुने दुधे च्याउको बिउ उत्पादन गर्ने गरेका छन् । १ हजार क्वाइन्टल गहुँको बिउबाट बार्षिक ५० हजार पोका बिउ उत्पादन हुने जिसीले बताए ।

नेपालको नार्क र भारतको पन्तनगरबाट ३ महिनाको प्राविधिक ज्ञान हासिल गरेका जिसीको च्याउको बिउ हाल दाङ सहित प्युठान, रुकुम, रोल्पा, सल्यान, कपिलबस्तु, बाँके,बर्दिया,कैलाली र धनगढी सम्म निर्यात हुने गरेको छ ।

उत्पादन गरेको बिउ आफुले पु¥याउन नसकेको जिसीले बताए । उनको फर्ममा अहिले ३ देखि ५ जना युवाले रोजगारी समेत पाएका छन् । स्वदेशमै केहि गर्न सकिन्छ भन्ने सोच बनाएका जिसीले यिही व्यवसायीबाट ५ जनाको परिवार पाल्दै आएका छन् ।

प्रतिकृया

प्रतिकृया