शरद रेग्मी, तुलसीपुर
३२-जेठ /  पछिल्लो समय आकर्षणका रुपमा सुरु भएको स्वरोजगार कार्यक्रममा महिलाहरुको आकर्षण बढन थालेको छ ।

बिहिवार देखि तुलसीपुर उपमहानगरपालिकाले औपचारिक रुपमा सुरु गरेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा उपस्थिति भएका हरु मध्ये अधिकाश महिलाहरूको सहभागिता रहेको देखियो ।

सधैंभरि घरमा चुलो चौकोमै सिमित हुने अधिकाश महिलाहरु उपमहानगरपालिकाले सञ्चालन गरेको कार्यक्रममा सहभागी हुनपाएपछि केही दिदिबहिनी हरु अल्मलिएका मात्रै थिएनन उनिहरुमा कार्यक्रम सम्बन्धित तालिम र ब्यबस्थापनको कमि रहेको समेत दृश्यमा देखिन्थ्यो ।


ADVERTISEMENT

  



सुरुमा के के न होला भनेर जनप्रतिनिधिहरुले फर्म भरिदिए आज कार्यक्रममा आएपछि सबै थाहा पायौ अब आफ्नो काम आफै गर्नुपर्छ भन्ने कुरा पनि सिकेका छौ सहभागी हरुको सामुहिक प्रतिकृया रहेको थियो ।

हामीहरु आजसम्म आफ्नै घरमा निशुल्क काम गर्दै आएका थियौ तर आफ्नै गाउठाउमा रोजगार पाए पछि खुसि भएका छौ तुलसीपुर उमहानगर वडा नम्बर १९ कि ३५ बर्षिय लालकुमारि वलिले भनिन ।उनले भनिन हिजो सम्म बिहान ६ बजे सम्म सुत्ने गरेका थियौं अब भोलिदेखि घरको कामलाई छिटो गर्न चार बजे उठन पर्नेभयो  ।

वडा नम्बर १९ कै रेवति कामिले यो अभियानले गृहिणीहरुलाई थप जिम्मेवार र फुर्तिलो बनाउन मदत पुग्ने बताईन ।उनले भनिन हामी महिलाहरु सधैंभरि अरुको भर पर्नुपर्ने र रोजगारका लागि घर छाडेर परदेश जानुपर्ने समस्यामा थियौ तर यो प्रधानमन्त्री कार्यक्रमले हामीलाई घरमै रोजगारिको श्रृजना गरिदियो यसमा हामी खुसिछौ । उनिहरुले महिलाहरुलाई सिपमुलक कार्यक्रममा लगाउन समेत सुझाब दिएका छन ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले यो कार्यक्रम लाई सफल पार्नु सबैको दायित्व रहेको बताएका छन ।  उनले पहिलो चरणमा उत्कृष्ट क्षमता र ईमानदारीता देखाउनेहरुलाई उपमहानगरपालिकाले समेत रोजगार दिलाउने समेत प्रतिबद्दता ब्यक्त गरे 
पहिलो चरणमा तुलसिपुरका १९ वडा र आसपासका मठ मन्दिर तथा पर्यटनकिय क्षेत्रमा काम बाडफाड गरिएको छ ।

छिल्लिकोट मन्दिर प्रबेश द्वारमा सिडि निर्माण ,बृक्षारोपन,सरसफाइ ,पाईपलाईन बिस्तार,पलाष्टिक मुक्त अभियानमा हातेमालो ,खानेपानीको मुहान सरक्षण लगायतका कामहरु प्राथमिकतामा रहेका छन । उनिहरुले दैनिक पाचसए त्याईस रुपैयाँ प्राप्त गर्नेछन ।

प्रतिकृया

प्रतिकृया