अञ्जना चौधरी, तुलसीपुर
३-असार /  दाङका बजारमा बिक्री वितरण हुने गरेका आँपहरु पकाउनका लागि बिषादी प्रयोग हुने गरेको छ ।

भारतबाट काँचो आँप ल्याउने र ति आँपलाई दाङमा ल्याएर औषधी हालेर पकाउने गरेको पाईएको हो ।

अहिले आँप पकाउनका लागि क्वाईट नामक औषधी प्रयोग गरि आँप पकाउने गरेको ब्यबसायीहरुले बताउने गरेका छन् ।

उक्त बिषादी प्रयोग गरेपछि आँपहरु दुई दिनमा पाक्ने गरेको जहिर फ्रुट सेन्टरका सञ्चालक बिनोद कुमारले बताए ।

उनले बजारमा बिषदी प्रयोग नगरेका आँप नै पाउन गाह्रो हुने बताए । यस्ता आँपहरु खाँदा टाउको दुख्ने, रिंगटा लाग्ने,नसा सम्बन्धी समस्या देखा पर्ने चिकित्सहरुले बताएका छन् ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुख निमित्त कार्यकारी अधिकृत डा. शर्वेश शर्माका अनुसार बिषादी प्रयोगगरि पकाईएका आपलगायत फलफुल तरकारीहरुमा रहेको रसायनका कारण पखाला लाग्ने, वाकवाकी हुने, शरिरमा घाउखटिरा आउनेलगायतका समस्या देखिने गर्दछ ।

बिषादी प्रयोग गरेका धेरै फलफुल प्रयोग गर्दा क्यान्सरको समेत जोखिम हुने उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया