घोराही,
३-असार /  घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले आज घोराहीका आधा दर्जन होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गरेको छ ।

साना होटल तथा रेष्टुरेन्टहरुको अनुगमनका क्रममा नगरपालिकामा दर्ता बिनै लामो समय देखी सञ्चालनमा रहेको पाईएको छ ।

व्यवसायी संस्था तथा कर कार्यालयमा दर्ता भए पनि उपमहानगरपालिकामा दर्ता नै नगरी पसल सञ्चालन गरेको पाईएको शाखा प्रमुख होमलाल भुसालले जानकारी दिए ।

 



ADVERTISEMENT

  


 


नेपाल पत्रकार महासंघको भवन आसपासका आधा दर्जन होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गर्दा कुनैले पनि दर्ता गरेको नभेटिएको उनको भनाई छ ।

उपभोक्ता शाखाका कर्मचारीहरु, वडा सदस्य सहित उद्योग बाणिज्य संघ र पत्रकारको टोलीले शिद्धबाबा होटल, धर्नाली शुसिला होटल एण्ड रेष्टुरेन्ट, सरोज रेष्टुरेन्ट एवं खाजाघर, भटराई नास्ता पसल र सन्तोष होटल एण्ड रेष्टुरेन्टको अनुगमन गरेको हो ।

होटलहरुले भान्छाहरु सफा नराखेको, शौचालय सफा नभएको, खानाका परिकारहरु बासी राखेको, खानेबस्तुहरु खुल्ला राखेको भेटिएपछि एक सातामा दर्ता सँगै अन्य कमजोरीहरुलाई सुधार्न टोलीले निर्देशन दिएको छ ।

प्रतिकृया

प्रतिकृया