तुलसीपुर,
३-असार / दाङको बेलझुण्डीमा स्थापना भएको नेपाल संस्कृत विश्वविद्यालयका लागि जग्गा दान गर्ने दाताहरुलाई सम्मानका लागि प्रदेश नं. ५ सरकारले बजेट बिनियोजन गरेको छ ।

विश्वविद्यालयलाई १२ सय विघा जग्गादान गर्ने दाताहरुको सम्मानमा जनता विद्यापीठ विजौरीमा भूमिदाता स्मृति सभागृह निर्माणका लागि बजेटको व्यवस्था गरेको मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले बताए ।

आगामी आर्थिक बर्ष २०७६-०७७ को बजेट भाषण गर्दै मन्त्री पोखरेलले उक्त कार्यले सार्वजनिक प्रयोजनमा भूमिदान गर्न प्रोत्साहन मिल्ने विश्वास लिएको बताए ।


ADVERTISEMENT

 



प्रतिकृया

प्रतिकृया