रोल्पा,
४-असार /  रोल्पामा पनि एक वडा कार्यालयमा आगजनी भएको छ ।

सल्यानमा आगजनी भएको एक दिनपछि रोल्पाको एक वडा कार्यालयमा आगजनी भएको हो ।

रोल्पा गंगादेव गाउँपालिका वडा नं.५ को वडा कार्यालयमा बुधबार अज्ञात समुहले आगजनी गरेको रोल्पा प्रहरीले बताएको छ ।


ADVERTISEMENT

 



आगजनीबाट सम्पूर्ण कागजातलगायत अन्य सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए । उनका अनुसार आगजनी गर्ने समूहको पहिचान भने हुन सकेको छैन् ।

उक्त वडा कार्यालय भाडाको भवनमा सञ्चालित थियो ।ताला फोडेर उक्त समुहले आगजनी गरेको प्रहरीको भनाई छ ।

साथै कार्यालयको करिब ८० हजार नगद पनि लगेर गएको छ । सोमबार राति मात्रै सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. ३ को मुलखोलामा रहेको वडा कार्यालयमा गरिएको आगजनी भएको थियो । सल्यानमा पनि आगजनी गर्ने समूहको पहिचान हुन सकेको छैन् ।

प्रतिकृया

प्रतिकृया