तुलसीपुर,
५-असार / दाङको तुलसीपुर उपमहानगरपालिकाले फिल्म छायांकलन गर्न अनुदान दिने भएको छ ।
तुलसीपुरको पर्यटकीय क्षेत्र, संस्कृति, परम्परा र संरचनालाई समावेश गरेर फिल्म छायांकन, डकुमेन्ट्री, निर्माण गर्नेलाई नगरपालिकाले अनुदान दिने भएको हो ।
यस क्षेत्रको कला, संस्कृति तथा पर्यटन पबद्र्धनका लागि यस्तो कार्यक्रम अघि सारिएको नीति तथा कार्यक्रम सार्बजनिक गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।
यहाँले ‘घुम्न जाऔं तुलसीपुर’ अभियानलाई सफल पार्नका लागि तुलसीपुरमा पर्यटन मेला, सांस्कृतिक महोत्सव, खेलकुद महोत्सव, विज्ञान प्रदर्शनी, सांस्कृतिक झाँकी प्रदर्शनी जस्ता आयोजना गर्ने बताए ।
साथै एक वडा, एक उद्यान निर्माण गरिने, सबै जातजातिको सम्मान, विभिन्न पर्यटकीय स्थल पुग्ने सडक निर्माण गर्ने नीति अघि सारेको छ ।