तुलसीपुर,
४-असार / दाङमा पत्रकार बताउने एक ब्यक्ति र प्रहरी ट्राफिक प्रहरी हवलदार अख्तियारको फन्दामा परेको छ ।उनीहरुले एकअर्काप्रति घुस खाएको आरोपमा अख्तियारले फन्दामा पारेको हो ।
गएको जेठ १८ गते तुलसीपुरका सुनिल न्यौपाने घोराहीको पाण्डवेश्वर मन्दिरमा जाने क्रममा ट्राफिक चेकिङ्मा परेका थिए ।
घोराही १५ स्थित सडकमा चेकिङ गरिरहेका ट्राफिक प्रहरी हवलदार पूर्णआकाश सिंहले न्यौपाने सवार मोटरसाईकल रोकेर सवारी चालक अनुमति पत्र र ब्लूबुक मागे । तर न्यौपानेसंग कुनैपनि कागजात नभएपछि ट्राफिक प्रहरीले दुईसय रुपैँया मागे र त्यो दुईसय न्यौपानले प्रहरीलाई दिए ।
‘चेकिङ्मा खटिएको ट्राफिकले मोटरसाईकल चालकसंग कुनै कागजात नभएपछि दुई सय मागेको र चिट नकाटेरै दुईसय लिएको पाईयो, त्यसपछि न्यौपानेले पनि पत्रकार भनेर धम्काउँदै उल्टै घुस खाएको पाईयो’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बेलबहादुर पाण्डेले भने‘ त्यसैले दुबैजनालाई अख्तियारमा बुझाएका हौं ।’ दुई सय खााएको भन्ने गुनासो आएलगतै ति प्रहरीलाई नियन्त्रणमा लिईसकिएको थियो ।
त्यसको केही समयपछि न्यौपानेले आफु पत्रकार भएको भन्दै ति प्रहरीलाई आफुले दिएको दुई सय घुसको भिडियो बनाएको भन्दै धम्की दिन थाले । भिडियो सार्बजनिक गरिदिने धम्की दिदै लगतै उनले पाँच हजार मागे । प्रहरीले हवलदारले शुरुमा पाँच हजार दिए ।
त्यसको केही समयपछि एक पटक ५० हजार मागे । प्रहरीले पनि सोही रकम बराबरको चेक प्रदान गरेका थिए । तर चेक हातमा परेको केही दिनपछि न्यौपानेले रकम नै दिनुपर्ने भन्दै माग गरे ।
रकम माग गरेपछि उनलाई घोराही आउन आग्रह गरियो र उनले चेक फिर्ता नगरिकनै रकम पनि हात पार्ने र चेक पनि फिर्ता नदिने रणनीति बनाएको बुझिएको प्रहरी निरीक्षक पाण्डेको भनाई छ । उनलाई घोराही बोलाएर नगद ५० हजार रुपैँया दिदै गर्दा जिल्ला प्रहरी कार्यालय दाङको टोलीले पक्राउ ग-यो ।
२३ गते पक्राउ परेका न्यौपानेसहित प्रहरी दुबैजनालाई सोही दिन नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगंज कार्यालयमा पठाईएको छ । नेपालगंजबाट २४ गते उनलाई काठमाडौं पठाईएको छ । उनीहरु दुबैको अहिले अख्तियारले अनुसन्धान गरिरहेको छ ।