दाङ,
११ असार / प्रदेश ५ का सबै स्थानीय तहमा बैंकका शाखा पुगेका छन् ।

प्रदेश ५ मा कुल १०९ स्थानीय तहमा बैंकका शाखा पुगेको नेपाल राष्ट्र बैंकको भनाइ छ । अन्य प्रदेशका सबै स्थानी तहमा अझै बैंक पुग्न सकेका छैनन् ।

प्रदेश १ का कुल १३७ स्थानीय तह मध्ये १३४ स्थानीय तहमा बैंकका शाखा पुगिसकेका छन् ।

 



ADVERTISEMENT

  


 


प्रदेश २ मा १३६ मध्ये १३४, प्रदेश–३ मा ११९ मध्ये ११७, प्रदेश–४ मा ८५ मध्ये ८३, प्रदेश–६ मा ७९ मध्ये ६७ र प्रदेश–७ मा ८८ मध्ये ८१ स्थानीय तहमा बैंकका शाखा पुगिसकेका छन् ।

७५३ स्थानीय तह मध्ये ७२५ मा बैंकका शाखा पुगे पनि अझै पनि २८ स्थानीय तहमा शाखा पुग्न सकेका छैनन् । राष्ट्र बैंकले भागवन्डा लगाउँदै असार मसान्तसम्म सबै स्थानीय तहमा बैंकका शाखा पुर्‍याउन निर्देशन दिएको छ।

प्रतिकृया

प्रतिकृया