दाङ,
१९-असार /  घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाका खरिदार नीता शर्मालाई ७० हजार घुस सहित पक्राउ गरिएको छ ।

खरिद गरेको सामानको भुक्तानी प्रयोजनको लागि कमिसन बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले शर्मालाई घुससहित पक्राउ गरेको हो ।

टोलीले उनलाई बुटवल उपमहानगरपालिका वडा नं.२ मनकामना मन्दिर नजिकबाट घुस रकम लिईरहेको अबस्थामा रंगेहात पक्राउ गरेको हो । यस बिषयमा थप अनुसन्धान भईरहेको छ ।


ADVERTISEMENT

   


प्रतिकृया

प्रतिकृया