देउखुरी,
२१-असार /  असारे विकासको नाममा कमसल सामाग्री प्रयोग गरेर नाला निर्माण गर्न थालेको भन्दै दाङ सुन्डवरीका उपभोक्ताले नाला निर्माणको काम रोकिदिएका छन् ।

निर्माण कम्पनीले सोलिङ्ग ढुंगाको ठाउँमा गिट्टी विच्छ्याएर नाला ढलाइ गर्न थालेपछी काम रोकिदिएको लमही नगरपालिका वडा नं. ३ सुन्डवरी निवासी कुलबहादुर यादवले बताए ।‘ल हेर्नुस कस्तो सामाग्री हालिएको छ ।

माथी तिर ढुंगा हालेर ढलाई गरियो तर, यहाँ त साना छर्रि हालिएको छ’उनले भने–‘स्टिमेट भन्दा बाहिरको काम भएपछी अहिले रोकिदिएका छौं ।’ लमही नगरपालिकाको बजेट बाट सुन्डवरीको चोकबाट उत्तर तर्फ ३ सय ७७ मिटर सडकको दुवै किनारमा पक्कि नाला निर्माण गर्न थालिएको हो । तर, निर्माण कम्पनीले स्टिमेट भन्दा बाहिर गएर काम गरेको आरोप स्थानियको छ ।

 



ADVERTISEMENT

  


 


करिब ४२ लाखको लागतमा नाला र सडक निर्माणको काम भैरहेको छ । यता निर्माण कम्पनी रोयल विल्ड्रर्सले स्थानिय बासिन्दाको सहमतीको आधारमा काम अघी बढाउने, गिट्टी हालिएको ठाउँमा ढुंगा हालिने प्रतिवद्धता जनाएको छ ।

‘स्थानीय संग छलफल गरेर उहाँहरुको सहमतीको आधारमा काम अघी बढाउछु’निर्माण कम्पनीका प्रतिनिधि थम्मन ओलीले भने–‘काम राम्रो गरेका छौं । राम्रो गर्छौं ।’

प्रतिकृया

प्रतिकृया