तुलसीपुर,
२३-असार /  रुकुमबाट दाङतफै जाँदै गरेको ना ४ ख ९७११ नं को ट्रक सल्यानको कपुरकोट गाउँपालिका-३ आगरखोलाको घुम्तीमा सोमबार दिउँसो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका-२ का ५३ वर्षीय शिक्षक दुर्गाबहादुर बस्नेत रहेका छन् ।

बिहान १० बजेतिर दुर्घटना हुँदा ट्रक चालक तुलसीपुर उपमहनगरपालिका वडा नं. ५ निवासी २६ बर्षीय ताराप्रसाद खड्का,  सहचालक सोही ठाउँकै २० बर्षीय यज्ञबहादुर खड्का, तुलसीपुर ५ कै मानबहादुर पुन,सल्यान शिद्धकुमाख गाउँपालिका २ का ६४ बर्षीय दलबहादुर बोहरा, सल्यान बागचौर ३ का ३२ बर्षीय गीता रेउले,कपुरकोट गाउँपालिका ५ का छबि विक, उनका ११ बर्षीय छोरा प्रविन विक छत्रेश्वरी गाउँपालिको लान्तीका ४० बर्षीया नविना खत्री र उपेन्द्र रावल रहेका छन् ।

 



ADVERTISEMENT

  


 


उनीहरुको सल्यानमा सामान्य उपचारपछि थप उपचारका लागि दाङ ल्याईएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिए ।

घुम्तीमा ट्रकको ह्यान्डिल नमोडिदा दुर्घटना भएको प्रहरीले बताएको छ । ट्रक सडकदेखी करिव ५०-६० मिटर तल खसेको छ । घाईते सबैको स्वास्थ्य खतरामुक्त रहेको छ ।

प्रतिकृया

प्रतिकृया