काठमाडाैं,
२४-असार /  महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा फरार भएका छन्। चाेरी मुद्दामा थुनामा रहेका तीन जना थुनुवा कक्षको ग्रील उप्काएर गए राति हिरासतबाट फरार भएका हुन्।


                                                                         बिज्ञापन
   



प्रभागको हिरासतबाट सोमबार राति थुनुवाहरू शमशेर माझी, रुद्रलाल श्रेष्ठ र रविकुमार तिमल्सिना फरार भएका छन्।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले तीन जना थुनुवा भागेको पुष्टि गरे। उनीहरुको खोजीका लागि थप प्रहरी परिचालन गरिएको समेत उनले बताए ।

प्रभाग प्रमुख प्रहरी निरीक्षक किरण मल्लसहित ड्युटीमा लापरबाही गर्ने प्रहरीलाई कारबाही थालिएकाे छ। 

घटनाको अनुसन्धान गर्न ललितपुर परिसरकै एसपी दुर्गा सिंहको नेतृत्वमा चार सदस्यीय समिति गठन गरिएको छ।

प्रतिकृया

प्रतिकृया