घोराही,
२४-असार /  घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले वडाभित्र रहेका टोल बिकास संस्थाहरुलाई पुरस्कृत गरेको छ ।

सरसफाई, नियमित बैठक, सामाजिक काममा अग्रसर, वडाका काममा सकृयता देखाउने टोल विकास संस्थाहरुलाई वडा कार्यालयले नगद सहित पुरस्कृत गरेको हो ।

वडाले आज एक कार्यक्रमको आयोजना गरि उत्कृष्ठ ७ टोल बिकास संस्थालाई पुरस्कार गरेको छ । नव प्रतिभा टोल विकास संस्था प्रथम, सगरमाथा टोल विकास संस्था द्धितिय र तृतिय टोल बिकास संस्थाको रुपमा नव जलजलालाई पुरस्कृत गरेको छ ।


ADVERTISEMENT

 



त्यसैगरी संगम टोल विकास संस्था, नयाँ बस्ती आश्रम टोल विकास संस्था, लालीगुराँस टोल विकास संस्था र सरस्वती टोल विकास संस्थालाई सान्तोना पुरस्कार दिईएको छ । क्रमश १० हजार, ७ हजार ९ सय, ५ हजार र सन्तोनालाई दुई दुई हजार रुपैयाँ सहित पुरस्कृत गरिएको छ ।

पुरस्कृत तथा सरसफाई सम्बन्धि छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले सरसफाई र विकासको नेतृत्व गर्ने नै टोल विकास संस्था भएको बताएका छन् । आफ्नो टोल कस्तो बनाउने र कुन ढंगको विकास गर्ने भन्ने जिम्मा टोल विकास संस्थालाई हुने उनिहरुको भनाई छ ।

वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका उपप्रमुख श्रीधर शर्मा पौडेलको प्रमुख आतिथ्यतामा पुरस्कार बितरण र छलफल गरिएको हो । कार्यक्रमको सहजिकरण घोराही उपमहानगरपालिका सरसफाई साखाका प्रमुख पे्रम केसीले गरेका थिए।

प्रतिकृया

प्रतिकृया