दशरथ घिमिरे, देउखुरी
२५-असार /  सात किलोमिटर टाढा पहाडकाे टुप्पाेबाट पनि पानीकाे खाेजी गरियाे । तर, त्याे पानीले धेरै समय साथ दिएन । त्यसपछि खाेला किनारकाे मुहान नजिक पानी ट्यांकि बनाइयाे । त्यस बाट केही बर्ष पानी पुग्याे । तर, फेरि त्याे मुहाननै सुक्याे ।

खानेपानी र सिंचाइकाे लागि लमही नगरपालिका वडा नम्बर ९ हर्दवा गाउँका नागरिकले धेरै प्रयास गरेपनि पानीकाे प्रयाप्त स्राेत नहुदा धेरै हैरानी व्यहाेर्नु परेकाे छ । गाउँमा खनिएकाे एउटा कुवाकाे भरमा सिंगाे बस्तिका नागरिकले पानीकाे प्यास मेटाउछन ।`जमिन मुनि पानी छैन ।

एक ठाउँ ड्यूबेल गरियाे तर, पानी प्रशस्त निस्किएन´लमही नगरपालिका वडा नम्बर ९ हर्दवा स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका संयाेजक अम्मर कवर नविनले भने-`खानेपानी र सिंचाइकाे लागि धेरै पाइपहरु बिच्छ्याइयाे । अस्थायी मुहानले धारा जडानकाे याेजना समाधान हुन सकेन । अब रिचार्ज पाेखरी बनाएका छाैं । जसबाट सिंचाइकाे समस्या समाधान हुने छ भने, जमिन मुनीकाे पानीकाे सतह बढाउने याेजना छ ।´


ADVERTISEMENT

 



सिंचाइकाे लागि रिचार्ज पाेखरी
कागती र बाख्रामा केन्द्रित गरेर प्रदेश सरकारले लागू गरेकाे स्मार्ट कृषि गाउँ कार्यान्वयनकाे प्रमुख चुनाैतीकाे रुपमा सिंचाइकाे सुविधा कसरी पुर्‍याउने भन्ने थियाे । तर, याे समस्या समाधान गर्न प्राकृतिक रिचार्ज पाेखरीकाे अवधारणालाई अघि सारिएको छ । बर्षे पानीलाई जम्मा गरेर पाेखरी बनाइएको छ । यही जम्मा भएको पानीले हिउँदमा सिंचाइ गर्ने याेजना रहेकाे छ । जनश्रमदान र कृषि ज्ञान केन्द्रकाे १५ लागतमा रिचार्ज पाेखरी बनाइछ ।


प्रदेश सभा सदस्य रेवतीरमण शर्माकाे सिफारिसमा स्मार्ट कृषि गाउँ बनेकाे हर्दवामा सिंचाइकाे समस्या समाधानकाे उचित विकल्पकाे रुपमा पाेखरीलाई लिइएको छ । पाेखरीकाे प्रदेश सभा सदस्य रेवतीरमण शर्माले निरिक्षण गरेका छन ।`अब हर्दवामा सिंचाइ समस्या समाधान हुने विश्वास गर्न सकिन्छ´शर्माले भन्नुभयाे-`कृषि क्षेत्रकाे विकासकाे लागि सिंचाइ अनिवार्य सुविधा हाे । स्मार्ट गाउँ सबै क्षेत्रबाट स्मार्ट हुनुपर्छ ।´

अाउदाे बर्ष पनि ५० लाख बजेट
प्रदेश सकारले स्मार्ट कृषि गाउँकाे लागि अाउदाे अार्थिक बर्षमा ५० लाख बजेट सुनिश्चित गरेकाे छ । चालू अार्थिक बर्षमा ५० लाख बजेटबाट स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन गरिएको थियाे । कागती र बाख्रा पालन व्यवसायलाई प्राेत्साहन गर्न स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरिएको हाे । दाङ जिल्लामा ६ अाेटा स्मार्ट कृषि गाउँ छन ।

प्रतिकृया

प्रतिकृया