अञ्जना चौधरी, तुलसीपुर
२५-असार / दाङ तुलसीपुर उपमहानगरपालिकालाई हर्न निषेध गरिएपनि प्रभाबकारी हुन सकेको छैन् । अहिले पनि हर्न बजिरहेका हुन्छन् । बिगतका भन्दा केही कमी भएपनि हर्न निषेध भने अझै हुन सकेको छैन् ।

बजार क्षेत्रमामा हर्न निषेधका एकसय वटा बोर्ड राखिएको छ, तर त्यसले पनि कुनै प्रभाब पार्न सकेको छैन् । शुरुशुरुमा केही सक्रियताका साथ लागेको भएपनि सरोकारवाला निकायहरु पछिल्लो समय भने मौन जस्तै छन् ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीका अनुसार आफुहरुसंग जनशक्तिको अभाव हुँदा पनि यो कार्य प्रभाबकारी हुन नसकेको प्रमुख चन्द्र केसीले बताए ।

 



ADVERTISEMENT

  


 


अहिले तुलसीपुरमा एघार जना मात्रै ट्राफिक प्रहरी रहेको उनको भनाई छ । उनले तुलसीपुरमा करिव पचास जना ट्राफिक प्रहरी आवस्य रहेको बताए । थोरै जनशक्तिले पनि करिब ७५ प्रतिशत हर्न बजाउने कार्य नियन्त्रणमा आएको उनको भनाई छ ।

यो आर्थिक बर्षको ११ महिनामा नौ हजार चारसय पचास सवारी कार्वाही गर्दा ५३ लाख ३५ हजार ५ सय राजश्व संकलन भएको प्रमुख केसीले बताए ।

उनका अनुसार तुलसीपुरमा मंसिर १६ देखी जेठ महिना सम्म हर्न बजाएर ५ सय एक सवारी साधन कार्वाहीमा परेका छन ।

जसबाट दुईलाख साठी हजार राजश्व संकलन भएको छ । त्यस्तै सवारी चलाउदा फोनमा कुरा गर्ने १५० जना कार्वाहीमा ९२ हजार राजश्व संकलन भएको छ । अर्को तर्फ हर्न भन्दा ठूलो श्वरमा बज्ने डिजेले झनै कोलाहल मच्चिएको छ ।

तर डिजे बजाउनेलाई कारवाही गर्ने दायित्व आफुहरुको नभएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले बताए ।

प्रतिकृया

प्रतिकृया