निमुसंगम घर्ती, घोराही
२५-असार /  दाङमा कुपोषणको अबस्था डर लाग्दो देखिएको छ । तीन बर्ष देखी मातृशिशु सुरक्षा अन्तरगत पोषणको क्षेत्रमा काम गर्दै आएको सुआहाराले कुपोषणको अबस्था डर लाग्दो रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

युएसएआईडीको आर्थिक सहयोगमा व्याकवार्ड सोसाईटी बेस मार्फत पोषणको क्षेत्रमा काम गर्दै आएको सुआहारा कार्यक्रमले कुपोषितहरुको तथ्यांक संकलन र उपचारमा सहयोग पु-याउदै आएको छ ।

बेसले घोराहीमा आयोजना गरेको जिल्ला परियोजना सल्लाकार बैठकमा तथ्यांक प्रस्तुत गर्दै कडाखाले कुपोषणको अबस्था डर लाग्दो रहेको जानकारी दिएको हो ।

 



ADVERTISEMENT

  


 


चालु आर्थिक बर्षमा ३ सय ६० जना बालबालिकामा कडाखाले कुपोषण भेटिएको बेसका फिल्ड संयोजक संजयकुमार चौधरीले जानकारी दिए । घोराही उपमहानगरपालिकामा १ सय १२, तुलसीपुरमा ५५, लमही नगरपालिकामा १५, बबई गाउँपालिकामा ३८, शान्तिनगरमा ३२, दंगिशरणमा २८, राप्तीमा ४२, गढवामा १९ र बंगलाचुलीमा ६ जना गरी ३ सय ६० जना बालबालिकामा कडाखाले कुपोषण देखिएको संयोजक चौधरीले जानकारी दिए ।

ति मध्य १ सय ३६ जना उपचार पछि स्वास्थ्यमा सुधार भएर घर फर्किएका छन भने १ सय ३६ जना उपचारमै रहेका छन् । साथै ८७ जनाले बिचमै उपचार छोडेका छन् । सुआहाराले जिल्लाका १५ स्वास्थ्य संस्थामा कुपोषण भएका बालबालिकाको उपचारका लागि बहिरंग उपचार केन्द्र स्थापना गरेका छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बसेको बैठकले बोल्ने विभिन्न क्षेत्रका प्रतिनिधीहरुले मातृशिशु सुरक्षाका कार्यक्रमहरुलाई स्थानिय तहले प्राथमिकता दिनु पर्नेमा जोड दिएका छन् ।

सुआहाराले चालु आर्थिक बर्षमा पोषण, सरसफाई, शिक्षा लगाएतका क्षेत्रमा डेढ करोड रुपैयाँ बढी खर्च गरेको छ । सुआहारा कार्यक्रम लागु भएपछि जिल्लाका ८० हजार घरमा स्वास्थ्य सचेतनाका कार्यक्रम लगेर पुगेको सुआहाराका संयोजक सुरजकुमार शर्माले जानकारी दिए ।

साथै बार्षिक १६ हजार महिलाहरु गर्भबती हुने सरकारी आँकडा अनुसार हजार दिनका मातृशिशुको स्वास्थ्यमा विषेश हेरचाह, परामर्श र पोसिलो आहाराहरु बितरण गर्दै आएको उनको भनाई छ । स्वास्थ्य जाँच, आईरन चक्की सेवन देखी कुखुरा, अण्डा वितरण र पराशर्म दिदै आएको उनले बताए । कार्यक्रमको सहजिकरण तथ्यांक संयोजक कालुराम चौधरीले गरेका थिए  ।

प्रतिकृया

प्रतिकृया