दाङ,
२५-असार /  प्रदेश नं. ५ का १२ जिल्लामध्ये विपद्बाट सबैभन्दा धेरै मानवीय क्षति हुने जिल्ला दाङ रहेको छ ।

प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक नवराज पोखरेललेका अनुसार बिगत तीन बर्षमा दाङमा ६४ जनाको मृत्यु भएको छ । साथै दोस्रो धेरै मानवीय क्षति हुने जिल्ला कपिलवस्तु रहेको छ ।

वर्षातको शुरुवातसँगै प्रदेश नं ५ सरकार उद्दार र राहतमा जुटेको छ । वर्षाको समयमा हावाहुरी, बाढी पहिरो र चट्याङका कारण ठूलो क्षति हुने भएका कारण विपद् व्यवस्थापन योजना बनाएर प्रदेश सरकारले काम गरिरहेको छ ।


ADVERTISEMENT

 



आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद् व्यवस्थापन समिति र प्रहरीसँग मिलेर विपद् प्रभावित जिल्लामै गएर राहत वितरण गरेको छ । विपद् व्यवस्थापनका लागि मन्त्रालयले सामग्री खरीद गर्ने अख्तियारी विपद् व्यवस्थापन समिति र प्रदेश प्रहरी कार्यालयलाई दिएको छ ।

प्रदेशका १२ वटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई रु ६० लाख र प्रदेश प्रहरी कार्यालयलाई रु पाँच लाख बराबरको उद्दार र राहत सामग्री खरीद गर्ने अख्तियारी दिइएको अर्यालले बताए ।

मन्त्रालयले पूर्व सूचना प्रणालीका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरेको थियो । मन्त्रालयमा विपद् व्यवस्थापन सामग्री भण्डारण नगरिए पनि जिल्लामै सामग्री खरीदका लागि बजेट उपलब्ध गराइएको उनले बताए । विपद् व्यवस्थापनको योजना बनाउन मन्त्रालयले पाल्पा, गुल्मी,  प्यूठान, दाङ, कपिलबस्तु, बाँके, र्बिदया र नवलपरासीमा सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम गरी विपद्को आकलन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा विपद्बाट हुने क्षति वर्सेनी बढ्दै गएकाले दीर्घकालीन व्यवस्थापन योजना बनाउने तयारीमा मन्त्रालय लागेको सूचना अधिकारी अर्यालले बताए । मन्त्रालयले विपद्पछिको उद्धारलाई छिटो छरितो र प्रभावकारी बनाउन बुटवल, दाड र बाँकेमा प्रकोप व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको छ । प्रदेश प्रहरीले सम्भावित प्रकोपजन्य घटनाको उद्धारका लागि प्रदेशमा १२५ जना तालीम प्राप्त सुरक्षाकर्मी तयार गरेको छ ।

प्रहरी निरीक्षक दिवाकर रिजालको नेतृत्वमा रहेको उक्त विपद् व्यवस्थापन गुल्म प्रदेश प्रहरी कार्यालयमा तयारी अवस्थामा छ । वर्षाजन्य प्रकोप शुरु भएपछि त्यसलाई बुटवलस्थित दङ्गा प्रहरी गण र बाँकेको खजुरा गणमा राखिनेछ । प्रदेश नं ५ मा विपद्बाट हुने क्षति वर्सेनी बढ्दै गएको तथ्याङ्कले देखाउँछ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार प्रदेशका १२ जिल्लामा अघिल्ला तीन वर्षमा प्राकृतिक विपद्बाट २८० जनाले ज्यान गुमाएका थिए भने २३४ जना घाइते भएका थिए ।

सो अवधिमा चार हजार ९५४ चौपाया मरेका छन् भने एक हजार ७३३ घाइते भएका छन् । विपद्कै कारण ३९ हजार ५१७ वटा घर र एक हजार ७८१ वटा गोठमा नोक्सानी पुगेको छ । यो प्रदेशमा प्राकृतिक विपद्बाट प्रतिवर्ष ८४ जनाको ज्यान जाने गरेको छ भने ७५ जना घाइते हुने गरेका छन् ।

प्रतिकृया

प्रतिकृया