घोराही,
२५-असार /  प्रदेश नम्बर ५ मा पोषणको अबस्था नाजुक देखिएको छ ।

युएसएआईडीको आर्थिक सहयोगमा नेपाल सरकार मार्फत सञ्चालित सुआहारा कार्यक्रमको बहु क्षेत्रिय पोषण प्रोफाईल अनुसार प्रदेश ५ मा मातृशिशु स्वास्थ्य नाजुक देखिएको हो ।

प्रदेश ५ मा ५ बर्ष मुनिका पुड्कोपन भएका बालबालिका ३९ प्रतिशत, ख्याउटेपन भएका ८ प्रतिशत, उमेर अनुसार कम तौल भएका २७ प्रतिशत, उचाई अनुसार बढी तौल भएका २ प्रतिशत र रक्तअल्पता भएका ५३ प्रतिशत बालबालिका देखिएका छन् ।

 



ADVERTISEMENT

  


 


त्यसैगरी प्रजनन् उमेरका १५ देखी ४९ बर्षका महिलाहरु तर्फ कम तौल भएका १९ प्रतिशत, बढी तौल भएका १९ प्रतिशत र रक्तअल्पता भएका ४४ प्रतिशत रहेको सुआहाराका दाङ जिल्ला संयोजक सुरजकुमार शर्माले जानकारी दिए ।



परम्परागत सोच, लगानीमा कन्जुस्याँई र खानपान, सरसफाई, स्वास्थ्यमा ध्यान नदिदा कुपोषणले मातृशिशु स्वास्थ्यमा असर गरिरहेको उनको भनाई छ । बजार क्षेत्रमै कुपोषणको अबस्था नाजुक देखिएको भन्दै व्यक्ति, परिवार, समाज र स्थानिय सरकारले मातृशिशु स्वास्थ्य सुधारमा लगानी बढाउनु पर्ने शर्माले बताए ।

प्रतिकृया

प्रतिकृया