अञ्जना चौधरी
तुलसीपुर,
२६ असार / चालु आर्थिक बर्षमा प्रदेश नं. ५ का ६ सय ९१ प्रहरी पुरस्कृत भएका छन् । प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक बर्षमा एक जना प्रहरी वरिष्ठ उपरीक्षक,४ जना प्रहरी उपरीक्षक, १६ जना प्रहरी नायव उपरीक्षक, ५९ जना प्रहरी निरीक्षक ,७२ जना प्रहरी नायव निरीक्षक, रहेका छन् ।

त्यस्तै ९३ जना प्रहरी सहायक निरीक्षक, एकसय ३२ जना प्रहरी हवल्दार, तीनसय चार जना प्रहरी जवान र १० जना प्रहरी कार्यालय सहयोगी रहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नबराज पोख्रेलले जानकारी दिए ।

उनका अनुसार प्रदेशमा सबैभन्दा धेरै दाङका एकसय ३६ प्रहरी पुरस्कृत भएका छन् । जसमा जिल्ला प्रहरी कार्यालय दाङबाट एकसय १० र प्रदेश नं. ५ प्रहरी कार्यालय दाङमा कार्यरत २६ जना रहेका छन् ।

 



ADVERTISEMENT

  


 


त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका एकसय १२,रुपन्देहीका ६६,अर्घाखांचीका ६५,कपिलवस्तुका ६०,रोल्पाका २७,प्युठानका ३७,रुकुमका ३०,बर्दियाका ३२,पाल्पाका ५८,गुल्मीका १९,नवलपरासीका २३ र बुटवलका २६ जना पुरस्कृत भएका छन ।

फरार अभियुक्तलाई पक्राउ गर्न सफल,अनुशासनमा रहेर काम गरेका,आदेश पालना गरेकालगायत उत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मान गरिएको प्रदेश नं. ५ प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नबराज पोखरेलको भनाई छ ।

प्रतिकृया

प्रतिकृया