काठमाडाैं,
२९-असार /  विनोद भण्डारीको अर्धसतक प्रेरणामा बनाएको आधार जोगाउँदै सन्दीप लामिछाने र सोमपाल कामीले दुई-दुई विकेट लिएपछि दोस्रो ट्‍वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपालले आयोजक मलेसियामाथि ६ रनको जित हासिल गरेको छ।

विनोदले अर्धसतक बनाएपछि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो।

जवाफमा १ सय ७४ रनको लक्ष्य लिएर आएको मलेसियालाई ७–१६७ मा रोक्दै नेपालले रोमाञ्‍चक जित हासिल गरेको हो। नेपालका लागि सन्दीप र सोमपालले दुई–दुई विकेट लिँदा अबिनास बोहरा, कप्तान पारस खड्का र करण केसीले एकरएक विकेट लिएका थिए।


ADVERTISEMENT

 


प्रतिकृया

प्रतिकृया