तुलसीपुर,
३ साउन / उच्च अदालत तुलसीपुरमा बाणिज्य ईजलास स्थापना हुने भएको छ ।

सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरमा बाणिज्य ईजलास सञ्चालन गर्ने भनी सहमति दिईसकेकाले अबको केही समयमा बाणिज्य ईजलास सञ्चालन हुने भएको उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले बताए ।

‘यहाँ बाणिज्य ईजलास थिएन्,’ उनले भने ‘ तर भर्खरै मात्रै सर्वोच्च अदालतले बाणिज्य ईजलास सञ्चालन गर्ने भनी सहमति दिएको छ, अबको केही समयमा बाणिज्य ईजलास सञ्चालन हुने छ ।’


ADVERTISEMENT

 


उच्च अदालत तुलसीपुरको बुटवल र नेपालगंज ईजलासमा यस अघि नै बाणिज्य ईजलास भएपनि उच्च अदालतमा भने थिएन् । जसले गर्दा यहाँका बाणिज्य सम्बन्धिका मुद्दाहरु हेर्न नेपालगंज वा बुटवल जानुपर्ने अबस्था रहेको मुख्य न्यायाधीश सुवेदीले बताए ।

अब भने यो समस्या अन्त्य हुने उनको भनाई छ ।‘ तुलसीपुरमा बाणिज्य ईजलास नहुँदा यहाँका मुद्दाहरु लिएर नेपालगंज वा वुटवल जानुपर्ने अबस्था थियो’ उहाँले भन्नुभयो‘तर अब भने सबै यहीबाट हुनेछ ।’

बाणिज्य ईजलासमा कम्पनी ऐन, सुरक्षीत कारोवार ऐन ,दामासाही ऐन र प्रतिस्पर्धा प्रवर्धन ऐन अन्तर्गत परेका अर्थ बाणिज्य सम्बन्धी मुद्दा हेर्नु पर्ने हुन्छ । यी इजलासमा कम्तीमा दुई जना न्यायाधिशहरु निश्चीत गरिने ब्यबस्था रहेको छ ।

प्रतिकृया

प्रतिकृया