तुलसीपुर
३ साउन / दाङ तुलसीपुर स्थित राप्ती बबई क्याम्पस साढे ७० लाख बचत गर्न सफल भएको छ ।

आर्थिक बर्ष २०७४/०७४ मा घाटामा रहेको क्याम्पस गएको आर्थिक बर्षमा करिब साढे ७० लाख बचत गर्न सफल भएको छ । क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष बिनिल केसीका अनुसार गएको आर्थिक बर्ष ७० लाख ४७ हजार ६ सय तीन रुपैँया बचत गर्न सफल भएको छ ।

उनका अनुसार अघिल्लो आर्थिक बर्षमा क्याम्पस १४ लाख ६४ हजार ७ सय २३ रुपैँया घाटा रहेको थियो ।


ADVERTISEMENT

 


तर पछिल्लो समय प्रभाबकारी ब्यबस्थापनले गर्दा नै क्याम्पसले बचत गर्न सफल भएको छ ।‘अघिल्लो बर्ष हामी घाटामा थियौं’ उनले भने‘ गएको बर्ष हामीले क्याम्पसमा आम्दानी गर्न सफल भएका हौं , यो हाम्रो उपलब्धी हो । ’

क्याम्पसमा गएको बर्ष ३ करोड १५ लाख ८५ हजार ८ सय ६५ आम्दानी र २ करोड ४५ लाख ३८ हजार दुईसय ६१ खर्च भएको थियो । उनले अहिलेसम्म क्याम्पसको खातामा ५६ लाख पाँचहजार दुईसय ६४ रहेको समेत बताए ।

शुक्रबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि यस्तो जानकारी दिईएको हो । त्यस अवसरमा अध्यक्ष बिष्णुकुमार देवकोटाले पछिल्लो समय क्याम्पस आफ्नो ट्रयाकमा आएको समेत बताए । अब आबश्यक संरचना र गुणस्तर शिक्षामा ध्यान दिईने समेत उनको भनाई छ ।

क्याम्पस ७ बर्ष अघि जस्तो थियो , त्यही अबस्थामा रहेको भएपनि पछिल्लो समय केही फड्को मार्ने क्रममा रहेको समेत उनको भनाई थियो । बिगतमा कामभन्दा हल्ला बढि गर्ने प्रबृति रहेपनि अहिले पनि काममा विश्वास गर्न थालिएको उनको भनाई छ ।

अब क्यान्टिन ब्यबस्थापन, केही शौचालय तथा खानेपानीको समस्या रहेको समेत उनको भनाई थियो । भर्खरै मात्रै क्याम्पसमा अपाङ्ग तथा छात्रमैत्री शौचालय निर्माण भएको समेत अध्यक्ष देवकोटाले बताए ।

क्याम्पस पश्चिम क्षेत्रको सामुदायिक क्याम्पस हो । जहाँ साबिक राप्तीका बिद्यार्थीहरु अध्ययनरत छन् । कार्यक्रमको सहजीकरण क्याम्पस प्रमुख युुवराज रावतले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया