घोराही,
३-साउन /  बैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने र यदी बिदेश जाने नै हो भने त्यसलाई कसरी सुरक्षीत बनाउन सकिन्छ भन्ने उदेश्यले दाङका ४ स्थानिय तहमा सुरक्षित आप्रबासन परियोजना लागु भएको छ ।

स्विस सरकारको सहयोगमा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हेल्वीटास नेपालको प्राबिधीक सहयोगमा सुरक्षित आप्रबासन सामी परियोजना मार्फत जिल्लाका ४ स्थानिय तहमा तीन बर्षे कार्यक्रम लागु भएको हो ।

प्रदेश नम्बर ५ का १२ जिल्ला मध्य बैदेशिक रोजगारीमा धेरै जाने संख्याको हिसाबले दाङ दोस्रो नम्बरमा रहेको छ । जिल्लाका घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिकामा सुरक्षित आप्रबासन परियोजना लागु भएको हो ।


ADVERTISEMENT

 


यस अघि साविक जिल्ला विकास समिति मार्फत कार्यक्रम सञ्चालन भएको सामी परियोजना अब चार पालिका सँग जोडिएको हो । परियोजना सञ्चालनका लागि घोराहीमा साढे ४२ लाख, तुलसीपुरमा पौने १८ लाख, लमही र बबईमा ११ लाख ६१ हजारका दरले बजेट आएको छ ।

नेपालबाट दैनिक एक हजार युवाहरु बिदेश जाने र त्यसमा पनि ७ सय ५० जना सिप र ज्ञान बिनै बिदेश जाने गरेको सामी परियोजनाका कार्यक्रम संयोजक सनत सापकोटाले जानकारी दिए ।

जिल्ला प्रशासन र इलाका प्रशासनबाट निकै धेरै राहदानीहरु बन्ने गरेको तर श्रम स्विकृती लिएर जानेको संख्या थोरै देखिएको भन्दै लुकीचोरी बिदेश जाने क्रमलाई रोक्न, सिप र ज्ञान लिएर मात्रै बिदेश जाने परामर्श दिन र सके सम्म आफ्नै ठाउँमा काम गरेर खाने बाताबरण बनाउने गरी गरी कार्यक्रम लागु हुने भएको छ ।

यसैविच घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा स्थानिय तह परियोजन व्यवस्थापन समिति समेत गठन भएको छ । समितिमा अन्य पालिकाका पदाधिकारी, प्रमुख प्रमुख प्रशासकिय अधिकृत, जिल्ला प्रशानसन कार्यालयका कर्मचारी सदस्य रहने व्यवस्था गरिएको छ ।

कार्यक्रममा यस अघि सामी परियोजनाले घोराही आप्रबासी स्रोत केन्द्रबाट ३ करोड ४२ लाख रुपैयाँ पिडिकहरुबाट क्षतिपूर्ती भराएर न्याय दिएको थियो भने १५ हजारलाई परामर्श दिएको परियोजनाका पञ्चराम चौधरीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया