तुलसीपुर,
४-साउन /  आज (शनिबार) दाङको तुलसीपुर क्षेत्रमा विद्युत सेवा अबरुद्ध भएको छ ।

पश्चिम दाङको च्याटिखोला हापुरेदेखी कृष्णमन्दिर हुदै दुधराससम्मको ३३ केभि प्रशारण लाईनलाई तुलसीपुरको शव स्टेशनमा जोड्नु पर्ने भएकाले विद्युत अबरुद्ध हुन लागेको नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जनाएको छ ।

आज राप्ती आँखा अस्पताल फिडर लाईन र फुलबारी फिडर लाईन अन्र्तगत पर्ने तुलसीपुर बजार क्षेत्रका तुलसीपुर वडा नम्वर ५ र ६ मा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।


ADVERTISEMENT

 


विहान नौ बजेदेखी बेलुकी ६ वजेसम्म विद्युत सेवा अवरुद्ध हुने बताईएको छ ।

प्रतिकृया

प्रतिकृया