शरद रेग्मी
तुलसीपुर,

४-साउन /  लोकसेवाको परीक्षा चलिरहेकाले अहिले दाङमा होटेलहरु भरिपूर्ण छन् । अहिले दाङ तुलसीपुर स्थित कुनै पनि होटेलमा बास पाउन मुस्किल पर्ने गरेको छ ।

लोकसेवा कार्यालय दाङ अन्तर्गत दाङमा चलिरहेको लोकसेवा परीक्षाले होटलहरु भरिभराउन रहेको होटेल सञ्चालकहरुले बताउने गरेका छन् ।

कार्यलयबाट २० हजारले परीक्षा दिईरहेको र त्यो संख्यालाई थेग्न सक्ने क्षमता होटेलहरुमा नरहेको होटेल सञ्चालकहरुको भनाई छ । लोकसेवाको परीक्षा सकिएमा भने यो समस्या रहने छैन् ।


ADVERTISEMENT

 


अहिले दाङमा साबिक राप्तीसंगै दाङ स्थित लोकसेवा कार्यालय दाङबाट परीक्षा दिएका देशभरका विद्यार्थीहरु दाङ आएका छन् । साथै लोकसेवाको परीक्षा शनिबार विहान र दिउसो हुनेछ । दाङमा ७७ वटा केन्द्रबाट लोकसेवाको परीक्षा भईरहेको छ ।

प्रतिकृया

प्रतिकृया