तुलसीपुर
४ असार / उच्च अदालत तुलसीपुरमा थप तीन जना न्यायाधीश सरुवा भएर आउन लागेका छन् । भर्खरै मात्रै न्यायपरिषद बैठकले तीन जना न्यायाधीशलाई उच्च अदालत तुलसीपुरमा सरुवा गरेको छ ।

उच्च अदालत तुलसीपुरमा न्यायाधीश शिवनारायण यादव, ऋषिराम दुवाडी, शालिकराम कोईराला उच्च अदालत तुलसीपुर आउन लागेका हुन् ।

यादवको यस अघि उच्च अदालत जनकपुरमा दरबन्दी थियो । तर काजमा उच्च अदालत तुलसीपुर खटाईएको थियो । अहिले भने उच्च अदालत तुलसीपुरमा नै सरुवा गरिएको छ ।

ADVERTISEMENT


  


 


त्यस्तै दवाडीको उच्च अदालत बिराटनगरबाट र कोईरालाको उच्च अदालत बिराटनगर अन्तर्गत ओखलढुंगा ईजलासबाट सरुवा गरिएको हो ।

साथै उच्च अदालत तुलसीपुरका न्यायाधीश रामबहादुर थापा र ईश्वर राज आचार्यको उच्च अदालत पाटनमा सरुवा भएको छ ।

जिल्ला अदालतका न्यायाधीस रावलको सरुवा
यस्तै दाङ देउखुरी जिल्ला अदालतबाट दुईजना न्यायाधीशको सरुवा भएको छ । अदालतबाट हेमन्त रावल र ईश्वरीप्रसाद गौतमको दाङबाट सरुवा भएको हो ।

रावलको चितवन र गौतमको बारा जिल्ला अदालतमा सरुवा भएको हो । जिल्ला अदालतका लागि भने न्यायाधीश रितेन्द्र थापा र पुनाराम खनाल दाङ आउँदै छन् ।

प्रतिकृया

प्रतिकृया