सल्यान,
९-साउन / सल्यानमा ५१ करोड रुपैयाँ भन्दा बढि रकम फ्रिज भएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा विनियोजन भएको ४ अर्व २६ करोड ३९ लाख ३ हजार ७४८ रुपैयाँमध्ये ५१ करोड ३४ लाख ६५ हजार ५ सय ४९ रुपैयाँ फ्रिज भएको हो ।

कर्णाली प्रदेश सरकार मातहतमा रहेको पूर्वाधार कार्यालयबाट सल्यानमा २५ करोड ७५ लाख बजेट विनियोजन गरेको थियो ।


ADVERTISEMENT

 


२० वटा योजनाको लागी विनियोजन भएको उक्त रकमको १० प्रतिशत पनि खर्च हुन नसकेको हो । २५ करोड ७५ लाख बजेट मध्ये ४३ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

मोटरवेल पुल, झुलुङ्गे पुल र सडकका लागि विनियोजित भएको ठूलो परिणामको बजेट खर्च हुन नसकेको हो । यस्तै प्रदेशबाट ५८ करोड ८३ लाख ८६ हजार १२७ रुपैयाँ बजेट विनियोजन भएकोमा ४१ करोड, १३ लाख, ६७ हजार ५०३ रुपैयाँ खर्च हुँदा १७ करोड, ७० लाख, १८ हजार ६२३ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानका कोष नियन्त्रक पूर्णबहादुर ओलीले बताए ।

पूर्वाधार कार्यालयको बजेट आफ्नो कार्यालय मातहतमा नपर्ने जनाउदै उनले त्यस बाहेको संघ र प्रदेशबाट विनियोजन भएको बजेट मध्ये २५ करोड, ५९ लाख ६५ हजार ५५० रुपैया बजेट फ्रिज भएको जनाए ।

संघ मार्फत ३ अर्व, ४३ करोड, ८० लाख ७ हजार ६२१ रुपैया बजेट विनियोजन भएकोमा ३ अर्व ३५ करोड, ९० लाख ६० हजार ६९४ रुपैया खर्च भएको छ भने ७ करोड ८९ लाख, ४६ हजार ९२७ रुपैया बजेट फ्रिज भएको छ ।

प्रतिकृया

प्रतिकृया