घोराही,
१४ साउन / दाङमा बर्षेनी सवारी दुर्घटना सँगै कार्वाही र राजस्व संकलनमा पनि बृद्धी भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार वितेको एक बर्षमा साढे ३४ हजार सवारीका साधन कार्वाहीमा पर्दा झण्डै सवा दुई करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

जिल्लामा २०७३ सालमा २८ हजार ४ सय ७९ सवारीका साधन कार्वाहीमा पर्दा १ करोड ७५ लाख ९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो भने २०७४ सालमा बढेर ३२ हजार ७ सय ९२ गाडी कार्वाहीमा पर्दा १ करोड ९५ लाख ६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।


ADVERTISEMENT

   


वितेको आर्थिक बर्षमा त्यो संख्या बढेर ३४ हजार ५ सय १० सवारी साधनले ट्राफिक नियम उलङघन गरेको पाईएपछि प्रहरीले कार्वाही गर्दा २ करोड १३ लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

वितेको आर्थिक बर्षमा सबैभन्दा धेरै मोटरसाईकल चालक कार्वाहीमा परेका छन् । १३ हजार ६ सय १७ मोटरसाईकल चालक कार्वाहीमा पर्दा ८८ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले तथ्यांक सार्वजनिक गरेको छ ।

त्यसैगरी ७ हजार २ सय ३५ ट्रक कार्वाहीमा पर्दा ४५ लाख ५० हजार ५ सय, ४ हजार २ सय १८ ट्याक्टर कार्वाहीमा पर्दा २५ लाख १० हजार, ४ हजार ६ सय जीप चालक कार्वाहीमा पर्दा २२ लाख ८० हजार, ३ हजार ८ सय ९४ बस कार्वाहीमा पर्दा २२ लाख १६ हजार ५ सय र १ हजार ५ सय ४० टेम्पो कार्वाहीमा पर्दा ९ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

बढ्दो सवारी साधन कार्वाही सँगै दुर्घटनामा मानविय क्षति पनि बढेको छ । २०७३ सालमा १ सय ४० दुर्घटनामा ७७ जनाको मृत्युभएको थियो । २०७४ सालमा १ सय ७१ सवारी साधन दुर्घटनामा ७९ जनाको मृत्युभएको थियो भने २०७५ सालमा १ सय ८४ दुर्घटना हुदा एक सय ४ जनाको मृत्युभएको थियो ।

प्रतिकृया

प्रतिकृया