तुलसीपुर,
१४-साउन /  दाङको तुलसीपुर बजारमा छाडा रुपमा छोडिएका पशु चौपायालाई गौसालामा जिम्मा लगाईएको छ ।

तुलसीपुर उपमहानगरपालिका-१३ स्थित तुलसी गौशालाई ति गोरुहरु जिम्मा लगाईएको हो । बजारमा छाडा रुपमा चौपाय छोड्दा दुर्घटना बढ्ने जोखिम थियो ।

‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ अभियान अन्तर्गत मंगलबार १५३ औँ हप्ताको सरसफाइ तथा वृक्षरोपण कार्यक्रमपछि छाडा गाई तथा गोरु संरक्षणका लागि उक्त उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सो गौशालाका सञ्चालक मोहन भण्डारीलाई जिम्मा लगाएका हुन् । उक्त गौशाालाले गाई संरक्षण गर्दै आएको छ ।


ADVERTISEMENT

   


त्यस अवसरमा उपमहानगरपालिका प्रमुख पाण्डेले १५ लाख उपलब्ध गराउने समेत प्रतिबद्धता जनाए ।

गौशालाका अध्यक्ष मोहन भण्डारीले बजारमा दिन प्रतिदिन छाडा गाईको सङ्ख्या बढिरहेकाले यसलाई नियन्त्रण गर्न, समाजमा गाईवस्तुको संरक्षण गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्न आफूहरुले सहकारी संस्था दर्ता गरी गौशाला स्थापना गरेको बताए ।

त्यस ठाउँमा साढे दुई बिघा जमिनमा गौशाला निर्माण गरिएको छ । उक्त गौशालामा तीन सयभन्दा बढी गाई तथा गोरु छन् ।

प्रतिकृया

प्रतिकृया