दाङ,
१५-साउन /  उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुबेदीले नागरिकहरुलाई न्यायोचित तरिकाले उत्कृष्ट सेवा प्रवाह गर्नु राष्ट्रसेबक कर्मचारीको प्रमुख दायित्व रहेको बताए ।

अफिसर्स क्लव तुलसीपुरले आज बिहान गरेको कार्यक्रममा उनले यस्तो बताए । कार्यक्रममा मुख्य न्यायाधीश सुबेदीले भन्नु राष्ट्रसेवक कर्मचारी मुख्य काम राज्यले आफुलाई सुम्पेको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्नु हो ।

थोरै बचेको समय व्यवस्थापन गरी सामाजिक काममा लगाउन सके आफुलाई नै समाज प्रतिको जिम्मेवारी अझै बढ्ने उनको भनाई छ ।

क्लवका गतिविधीहरु सहानिय छन यसलाई अझै सक्रियता पूर्वक अगाडी बढाउन र आफु सरुवा भएर गएपनि यसलाई अगाडी बढाउन , सुझाव, सल्लाहा प्रदान गरिरहने उनको भनाई छ ।

त्यस अवसरमा क्लवका संरक्षक तथा सरुवा भएर जान लागेका उच्च अदालत तुलसीपुरका न्यायधिश रामबहादुर थापाले क्लवका माध्यमबाट सामाजिक गतिबिधीलाई अगाडी बढाउँन बार्षिक रुपमा क्यालेण्डर बनाउनु पर्ने बताए ।

क्लवका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले सरुवा नियमित प्रकृया रहेको र जहाँ गएपनि राष्टसेवक कर्मचारीले नागरिकहरुलाई छिटो छरितो प्रभाबकारी सेवा प्रदान गर्नु पर्ने बताए । सो अबसरमा प्रमुख जिल्ला अधिकारी गाबिन्द प्रसाद रिजालले मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधिश राम बहादुर थापालाई मायाँको चिनो , पुष्प गुच्छा प्रदान गरे ।

सोहि अबसरमा क्लवका संरक्षक तथा नेपाली सेना १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहीनीपति सहायक रथि शुशिल कुमार भण्डारी, राष्ट्रिय बाणिज्य बैक तुलसीपुरका प्रमुख गोपाल आचार्यलाई स्वागत गरिएको छ ।

क्लवका कार्यबाहक अध्यक्ष नारायणी रजौरेको अध्यक्षता मा भएको कार्यक्रमको सहजीकरण क्लवका महासचिब लिला शर्मा, र सहजीकरण क्लवका सदस्य कमल घलेले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया