दशरथ घिमिरे, दाङ
२३-साउन / मुअाब्जा रकम थाेरै भएको भन्दै अान्दाेलनमा उत्रिएका लमही नगरपालिका वडा नम्बर ४ सेम्रहवाका नागरिकले लमही-काेइलावास सडक २ घण्टा अवरुद्द पारेका छन ।

बिहिबार बिहान ८ बजे देखि १० बजे सम्म सडक अवरुद्ध पारेका हुन । यस अघि कालाे झण्डा, कालाे ब्यानर टाँगेर अान्दोलन गरेका सेम्रहवा गाउँका नागरिकले बाटाे अवरुद्ध गरेर अान्दाेलन गर्दै अाएका छन ।

जग्गाकाे मुल्यांकन चलनचल्तीकाे मुल्य भन्दा निकै क भएको भन्दै स्थानीय अान्दाेलित भएका हुन । प्रतिबर्गमिटर ५० रुपैयाँ मुअाब्जा ताेकिएकाे छ ।

 



ADVERTISEMENT

  


 


याे मुअाब्जा रकम निकै थाेरै हाे । छिमेकी गाउँ बलरामपुरकाे मुअाब्जा प्रतिबर्गमिटर १५ सय हुदा सेम्रहवा गाउँकाे मूल्य जम्मा ५० रुपैयाँ वर्गमिटर छ । याे रकम बढाउन माग राख्दै अान्दाेलन थालिएको हाे । राजनीतिक दलकाे समर्थन मुअाब्जा रकम थाेरै भएको बिषयमा सेम्रहवा गाउँका नागरिकले थालेकाे अान्दाेलनलाइ नेपाल कम्युनिस्ट पार्टी नेकपा र नेपाली कांग्रेसले समर्थन जनाएका छन ।

सडकमा दुबै दलका नेतृत्व देखिएका छन । नेकपा लमही नगर कमिटीका सचिव बसन्त शर्मा, लमही जगर सह-इञ्चार्ज नारायण डिसी छम्पाली, जिल्ला सदस्य बिरबहादुर केसी, धुपनारायण चाैधरी, अाेमप्रकास सुवेदी(सागर), नेपाली कांग्रेसका क्षेत्रिय सभापति भेषराज पाण्डे, महाधिवेशन प्रतिनिधि कर्णबहादुर बुढाथोकी, मधु न्याैपाने लगायतका नेतृत्व सडकमा पुगेका थिए ।


काेणसभालाइ नेकपाका लमही नगरका सह-इञ्चार्ज नारायण डिसी छम्पाली, नेपाली कांग्रेसका क्षेत्रिय सभापति भेषराज पाण्डे, स्थानीय प्रेम चाैधरी, सुशील चाैधरी, गाैरी कुमाल, गाउँका अगुवा रामप्रसाद चाैधी लगायतले सम्बाेधन गरेका थिए । काेण सभाकाे सञ्चालन तिलक चाैधरीले गरेका थिए ।

३२ कराेड मुअाब्जा बाडीयाे लमही-काेइलावास सडक क्षेत्रमा पर्ने जग्गाकाे मुअाब्जा बितरण गर्न जिल्लामा प्राप्त भएको ३५ कराेड बजेट मध्यबाट अहिलेसम्म ३२ कराेड ११ लाख ४४ हजार एक सय ७८ रुपैयाँ मुअाब्जा वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत मुअाब्जा रकम बितरण भैरहेकाे हाे ।

अब २ कराेड ९७ लाख २९ हजार ४४ रुपैयाँ वितरण गर्न बाँकि रहेकाे प्रमुख जिल्ला अधिकारी गाेविन्द रिजालले जानकारी दिए । अहिले सम्म ३ सय ८७ कित्ताकाे मुअाब्जा वितरण गरिसकिएको छ । ३२ अाेटा कित्ताकाे जग्गा धनी मध्य १० जना सम्पर्कमा अाएकाे र बाँक २२ कित्ताकाे जग्गाधनी सम्पर्कमा अाउन सकेका छैनन ।

प्रतिकृया

प्रतिकृया