ओमप्रकाश गुप्ता, देउखुरी
२३-साउन /  दाङको गढवा गाउँपालिकाले माटोका भाडा बनाउने अभियान शुरु गरेको छ । पछिल्लो समय माटोका भाडा बनाउने पेशा लोप हुँदै जान थालेको भन्दै गाउँपालिकाले गाउँपालिकाले माटोका भाडा बनाउने पेशलाई पर्बद्धन गर्न थालेको हो ।

देउखुरीको गढवामा कुमाल समुदायको घर–घरमा माटोका भाँडा बनाउने प्रविधिको संरक्षणसंगै आधुनिक ढंगले बिकास गर्न थालेको हो ।

गढवा गाउँपालिकाको वडा नं. नं. १ को पत्रिंगा,बनघुस्री,वडा नं. ३ को खैरा, वडा नं. ६ को कुमालगाउँ गरि चार गाउँहरुमा माटोका भाँडा बनाउने कुमाल समुदायको परम्परागत पेशालाई गढवा गाउँपालिकाले संरक्षण सम्वर्धन र प्रवर्धन गर्न थालेको अध्यक्ष सहजराम यादवले बताए ।


ADVERTISEMENT

 


थारु तथा कुमाल समुदायले आयआर्जनको रुपमा गर्दै आएको माटोका भाँडा बनाउने परम्परागत पेशामा नयाँ पुस्ताले खासै चाँसो नदिने गरेका कारण गाउँपालिकाले सहकर्मी समाजको समन्वयमा यो अभियान थालेको हो । तरे परम्परागत पेशा ब्यवसायनै माटोका भाँडा बनाउने भएपनि बजारीकरण तथा आधुनिक प्रविधिको ज्ञान सिप प्रवर्धनको अभावमा माटोका भाँडाहरुले उचित बजार पाउन नसकेको पेशा ब्यवसायमा संलग्नहरुले बताउँछन् ।

जस अन्तर्गत यसबर्ष गढवा गाउँपालिका वडा नं. ३ को १४ लाख, सहकर्मि समाजको ३ लाख र स्थानीयहरुको २ लाख बराबरको जनश्रमदान गरी कुल १९ लाखको बजेटबाट गढवा ३ खैरा गाउँमा माटोका भाँडाहरु बनाउने आधुनिक भट्टी निर्माण गरिएको वडाध्यक्ष तुल्सीराम अधिकारीले बताए ।

बुधवार एक कार्यक्रमकाबीच गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले सृजना माटोका भाँडाहरु बनाउने आधुनीक भट्टीको विधिवत उद्घाटन गरेकी छिन् ।

वडा नं. ३ खैराका कुमाल समुदायका कुल ५४ घरधुरी मध्ये २५ घरहरु ब्यवसायिक रुपमै माटोका भाँडाहरु बनाउने काममा संलग्न रहेको स्थानीय चुन्नुराम थारु कुमालले बताए । परम्परागत ढंगले तयार गरेका भट्टीमा माटोका भाँडाहरु बनाउदा दाउरा,पराल,माटो,समय र मेहनत निकै धेरै लाग्ने तर आधुनीक भट्टीमा बनाउदा जम्मा २ भारी दाउरामा ३०० बढी गमलाहरु तयार गर्न सकिने समुहका अध्यक्ष बिनोद थारु कुमालले बताए ।

माटोका भाँडा बनाउने सृजना समूहका अध्यक्ष बिनोद थारु कुमालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीले कुमाल समुदायको परम्परागत पेशालाई आधुनिक ढंगले संचालन गरी सिमान्तकृत समुदायको आर्थिक तथा सामाजिक शसक्तिकरण गर्ने अभियान गाउँपालिकाको रहेको बताए ।

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष तुल्सीराम अधिकारी, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्य,कार्यपालिकाका सदस्य शोभा रावत, सहकर्मि समाज बाँकेका कार्यक्रम संयोजक खड्क प्रसाद रेग्मी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । स्थानीय अगुवा चुन्नुराम थारु कुमालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण रामबहादुर चौधरीलेगरेका थिए ।

प्रतिकृया

प्रतिकृया