दाङ,
२३-साउन /  दाङमा सर्पको टोकाईबाट एकै घरका दुई दिदी–बहिनीको मृत्यु भएको छ ।

दाङ राजपुर गाउँपालिका वडा नं. ७ भौवानाका निवासी शेरबहादुर सार्कीका दुई छोरीको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

बिहीबार बिहान ४ बजेतिर घरमै सुतेकाे बेला सर्पले टोक्दा गम्भीर घाईते भएकी अन्दाजी ११ बर्षीय करिष्मा सार्की र ८ बर्षीय सुजु सार्कीको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरूकाे भारतमा उपचारकाे क्रममा मृत्यु भएको स्थानीय अमृत खड्काले जानकारी दिए ।


ADVERTISEMENT

 


भौगोलिक बिकटताका कारण समयमै अस्पताल पुर्याउन नसक्दा उनीहरूकाे मृत्यु भएकाे हाे । अर्काे तर्फ सञ्चारको पनि सहज पहुँच नहुँदा पनि यस्ता घटनाहरु बारम्बार दोहोरिने गरेका छन् ।

लमहीमा सर्पदंश उपचार केन्द्र भएपनि राजपुरबाटा टाढा पर्ने भएकाले पनि सर्पले टाेकेका बिरामीकाे मृत्यु हुने गरेकाे स्थानीय खड्काले बताए ।

मृतक करिष्मा स्थानीय शिबशक्ति माबिमा कक्षा ७ मा र सुजुले सोही विद्यालयमा कक्षा ५ मा पढ्दै आएकी थिईन् । गएको बर्ष मात्रै पनि सर्पको टोकाईबाट सोही बिद्यालयमा अध्यनरत कक्षा ९ मा अध्ययनरत एक छात्राको मृत्यु भएको थियो ।

प्रतिकृया

प्रतिकृया