घोराही,
२६-साउन / नेपाल सरकार र मुक्त कमलरी विकास मञ्चको संयुक्त लगानीमा दाङमा मञ्चको ९७ लाख रुपैयाँमा भवन निर्माण भएको छ ।

नेपाल सरकार तराई मधेश संबृद्धी कार्यक्रम र मुक्त कमलरी विकास मञ्चको लगानी तथा घोराही उपमहानगरपालिकाको प्राविधिक सहयोगमा उक्त भवन बनेको हो ।

घोराही उपमहानगरपालिका १७ चौघेरामा ९७ लाख २७ हजार ७१ रुपैयाँ ८४ पैसाको लागतमा निर्माण भएको उक्त भवनको आईतवार उद्घाटन गरिएको छ । सांसद शान्ता चौधरी र घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उक्त भवनको संयुक्तरुपमा उद्घाटन गरेका हुन ।

ADVERTISEMENT


  


 


मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सांसद शान्ता चौधरीले कमलरीहरुको मुक्ति र अधिकारका लागि सरकारले धेरै गरेको भन्दै यसलाई अबसरका रुपमा लिनु पर्नेमा जोड दिए ।

दुःखको सागरबाट अहिले कमलरीहरु नयाँ जीवन र अबसर प्राप्ती सम्म पुगेको भन्दै अब आत्मनिर्भरका लागि उद्यममा जोडिन आबस्यक रहेको बताउनुभयो । सरकारले मुक्त कमलरीहरुका लागि गरेको लगानीको प्रतिफल देखिदै गएको भन्दै व्यवसाय देखी राष्ट्र सेवक सम्म पुगेको भन्दै खुसी व्यक्त गरे ।

त्यसैगरी घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कानुनीरुपमा सबै बर्ग समुदाय बलियो भैसकेको तर सामाजिक संस्कारले अझै पछि पारेको उल्लेख गरे । अब शिक्षा, ज्ञान, सिप, क्षमताको विकास गर्दै अधिकार प्राप्तीका लागि अघि बढ्न मुक्तकमलरीहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका व्यक्तिहरुले कमलरी मुक्तिको २० औँ बर्षमा आईपुग्दा निकै धेरै उपलब्धीहरु स्थापित भएको बताए । सरकारले कमलरी मुक्त देश घोषणा गरिसकेको अबस्थामा पनि उक्त दासता सृजना गर्नेलाई कार्वाही गर्न सरकारको ध्यान आकर्षण गराएका छन् ।

प्रतिकृया

प्रतिकृया