ओमप्रकाश गुप्ता, भालुवाङ
२६-साउन /  दाङको राप्ती गाउँपालिकाको वडा नं. २ लालमटिया र वडा नं. ४ मौरीघाटमा रहेको दुई वटा प्रहरी विट प्रहरीविहीन भएका छन् ।

ईलाका प्रहरी कार्यालय भालुवाङको मातहतमा रहेका ति प्रहरी बिट अहिले रित्तो छन् । प्रहरी जनशक्तिको अभाव देखाउदै ति बिटमा प्रहरी परिचालन गर्न नसकिएको निमित्त प्रहरी कार्यालय प्रमुख रत्नबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार कम्तीमा ४६ जना जनशक्ति हुनुपर्नेमा ईंप्रका भालुवाङमा ३५ जना मात्र भएको उनले बताए ।


ADVERTISEMENT

 


दाङ, कपिलबस्तु, प्युठान र अर्घाखाँची जिल्ला सँग जोडिएको गाउँपालिका शान्ति सुरक्षाका हिसावले पनि निकै संवेदनशील रहेको भन्दै त्यस क्षेत्रमा प्राय: चोरीडकैती र अपराधिक त्रियाकलाप समेत बढी हुने गरेका छन् ।

तर सम्बन्धीत निकायले चासो नदिएको उनको भनाई छ । संवेदनशील क्षेत्रमामा प्रहरी पठाउनु पर्ने ठाउँमा जनशक्ति अभावकै कारण प्रहरी पुग्न नसक्दा स्थानीयले असुरक्षित रहेको प्रतिक्रिया दिएका छन् ।

चाडपर्वहरु समेत नजिकिन थालेको अवस्थामा प्रहरी जनशक्ति अभाव हुनु निकै दुखद कुरा भएको स्थानीयले बताएका छन् ।

प्रतिकृया

प्रतिकृया