घोराही,
२७-साउन /  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जले दाङको घोराही स्थित मावि रझेनाका एक शिक्षकलाई १० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रबेश परिक्षामा पास गराउन सहिजकरण गरिदिने भन्दै विद्यार्थीहरुबाट १० हजार रुपैयाँ लिदै गर्दा अख्तियारको टोलीले शिक्षक गणेश केसीलाई रंगेहात पक्राउ गरेर नियन्त्रणमा लिएको हो ।

परिक्षार्थीहरु सँग घुस रकम बुझ्न लागेको भन्ने सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटेर आएको टोली केसीलाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिएका छन ।


ADVERTISEMENT

 


अख्तियारको नियन्त्रणमा रहेका केसीका बारेमा अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ ।



प्रतिकृया

प्रतिकृया