घोराही,
२८-साउन / दाङमा सर्पले टोकेपछि उपचारका लागि अस्पताल नहुदा बर्षेनी नागरिकहरुको मृत्यु हुदै आएको छ ।

बर्षेनी थुप्रै व्यक्तिको सर्पको टोकाईका कारण मृत्यु हुदै आएको छ । तर सरकारले सर्पदंशको उपचार केन्द्र बनाउन तर्फ ध्यान दिएको छैन भने नागरिकहरुका पनि झारफुकमै बढी भरपर्ने गर्दा बर्षेनी मृत्यु हुने क्रम रोकिएको छैन ।

वितेको १५ महिनामा मात्रै दाङमा सर्पको टोकाईबाट १० जनाको मृत्युभएको छ । सर्पले टोक्ना साथ धेरैले बैद्य र धामी कहाँ लैजाने र ढिलोगरी अस्पताल पु¥याउदा मृत्युको संख्या बढ्दै गएको छ ।


ADVERTISEMENT

 


बेला बखतमा सर्पदंशको उपचार केन्द्र स्थापना गर्ने आवाज उठेपछि त्यसले सार्थकता पाउन नसक्दा नागरिकहरुले अकालमै ज्यान गुमाउनु परेको छ ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार देउखुरीका राजपुर, गढवा र पश्चिम दंगिशरण गाउँपालिका सर्पको उच्च जोखिममा रहेका छन् । त्यस्तै राप्ती गाउँपालिका र लमही नगरपालिका मध्यम जोखिममा रहेका छन् ।

तर अन्य पालिकाहरुमा पनि सर्पको टोकाईबाट नागरिकहरुको मृत्यु हुदै आएको छ । रातको समयमा उज्यालो बत्ति बालेर मात्रै घरबाहिर निस्कने, झुल लगाएर सुत्ने र बाहिर हात खुट्टा ननिकाल्ने, घर आगनलाई सफा राख्न केन्द्रले सबैलाई अपिल गरेको छ ।

प्रतिकृया

प्रतिकृया