घोराही ,
२८-साउन / दाङमा प्रहरीले एक बर्षमा विभिन्न प्रकारका करिब ७२ किलो लागु औषध सहित ६३ जनालाई पक्राउ गरेको छ ।

वितेको एक बर्षमा ६३ जना महिला पुरुषलाई लागु औषधको बिक्रि तथा ओसार पसार र सेवन गरेको अभियोगमा करिब ७२ किलो लागुऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२ सय २० ग्राम ३ सय ९० मिलिग्राम ब्राउन सुगर सहित ३८ पुरुष, ४ महिला, ६० किलो ८ सय ग्राम चरेस सहित ४ पुरुष र २ महिला, २ किलो ५ सय ग्राम अफिम सहित २ पुरुष पक्राउ परेका छन् ।

 



ADVERTISEMENT

  


 


त्यसैगरी, साढे ७ किलो गाँजा सहित ५ पुरुष, २ महिला, नाईट्रोभेट ९७ चक्की सहित ४ पुरुष र डाईजापाम तथा नुफिन १०÷१० पिस सहित २ जना पक्राउ परेको दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

पक्राउ परेका मध्य ३४ जना अदालतबाट धरौटीमा छुटेको ८ जना पुर्पक्षका लागि कारागार चलान भएको र अन्यको अनुसन्धान भैरहेको प्रहरी प्रमुख पाण्डेको भनाई छ ।

भारतबाट नेपालगञ्ज हुदै र पहाडी जिल्लाहरुबाट दाङमा लागु औषध ल्याउने गरेको पाईएको प्रहरीको भनाई छ । बाँके र पहाडी जिल्लाबाट ल्याईने लागु औषधहरु घोराहीबाट बिक्रि र सेवन गर्नेहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया