काठमान्डौं,
२८-साउन / प्रतिनिधिसभाले प्रशासकीय अदालत विधेयक–२०७६ लाई सर्वसम्मतिले पारित गरेको छ ।

यसअघि बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘प्रशासकीय अदालत विधेयक, २०७६ लाई पारित गरियोस’ भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा ‘कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको प्रशासकीय अदालत विधेयक, २०७६ माथि छलफल गरियो भन्ने प्रस्तावलाई सभाले सर्वसम्मतरुपमा स्वीकार गरेको थियो । बैठकमा मन्त्री ढकालले प्रस्तुत गरेको ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको थियो ।

 



ADVERTISEMENT

  


 


बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकसम्बन्धी प्रतिवेदन, २०७६’ पेश गरेका थिए । अर्काे बैठक आगामी भदौ १ गते आइतबार बिहान ११ः०० बजे बस्ने छ ।

प्रतिकृया

प्रतिकृया