घोराही,
२८-साउन /  दाङमा प्रहरीले सवारी साधनबाट गैरकानुनी तरिकाले रकम उठाउने गरेको भन्दै ६ जनालाई पक्राउ गरेको छ ।

घोराही होलेरी सडक अन्तरगत घोराही उपमहानगरपालिका १३ सेवार बगालेमा रुकुम ट्रक तथा मिनी ट्रक यातायात प्रालीको बोर्ड राखेर विभिन्न सवारी साधनबाट गैरकानुनीरुपमा रकम उठाएको भन्दै ६ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १४ का ३४ बर्षिय रामचन्द्र वली, २२ बर्षिय पृथ्वी वली, २६ बर्षिय खिमबहादुर वली, वडा नम्बर १५ का २८ बर्षिय चन्द्र खड्का, ३१ बर्षिय नरेश घर्ती, वडा नम्बर १३ का ३३ बर्षिय नन्दबहादुर पुन रहेका छन् ।

 



ADVERTISEMENT

  


 


पिडितहरुको उजुरीको आधारमा रसिदको ठेली सहित उनिहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २१ को दफा २५३ आपराधिक लाभ लिन नहुने कसुरमा मुद्धा दर्ता गरि आबस्यक अनुसन्धान थालिएको प्रहरी प्रबक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिएका छन ।

साथै प्रहरीले पिडितहरुलाई प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत आग्रह गरेको छ ।

प्रतिकृया

प्रतिकृया