मेगमन बुढा, राजपुर
३२-साउन / दाङको ईलाका प्रशासन कार्यालय गढवा मातहत रहेको चंगुवा प्रहरी चौकीहरुलाई ईलाका प्रहरी कार्यालयमा रुपान्तरण गरिने भएको छ ।

साथै अस्थाई चौकीलाई प्रहरी चौकी बनाउने तयारीमा रहेकोे समेत ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख भरत सिंह राठौरले बताए ।

ईप्रका राख्नकोलागि कम्तिमा पाँच कठ्ठा जग्गा हुनु पर्ने र उक्त जग्गा चंगवा प्रहरी चौकीको नहुँदा केही समस्या भएको उनको भनाई छ ।


ADVERTISEMENT

   


अहिले ईलाका प्रहरी कार्यालय गढवाले राजपुर र गढवा गाउँपालिका हेरिरहेको छ ।

जस अन्र्तगत गढवा गाउँपालिका भित्र दुईवटा प्रहरी चौकी, एक सिमा प्रहरी चौकी तथा राजपुर गाउँपालिकामा दुई प्रहरी चौकी, दुईवटा सिमा प्रहरी चौकी दुई अस्थाई प्रहरी चौकी रहेको प्रमुख राठौरले बताए ।

राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले राजपुर जस्तो विकट क्षेत्रमा प्रहरीले नागरिकलाई दिने सेवामा कुनै कन्जुस्याइँ नगर्न आग्रह गरे ।

प्रतिकृया

प्रतिकृया