घोराही,
३२-साउन /  दाङमा वितेको एक बर्षमा झण्डै साढे १४ हजार महिलाले आफ्नो नाममा जग्गा पास गरेका छन् ।

सरकारले महिलाको नाममा जग्गा पास गराए २५ प्रतिशत पास छुट दिने समेत व्यवस्था गरेको छ ।

पछिल्लो समय महिलाहरु पनि चनाखो बन्दै जाँदा र अधिकारको खोजी गर्ने क्रममा आफ्नो नाममा सम्पत्ती पास गराउने क्रम बढ्दै गएको हो ।


ADVERTISEMENT

   


जिल्ला मालपोत कार्यालय घोराही, मालपोत कार्यालय लमही र मालपोत कार्यालय तुलसीपुरबाट वितेको एक बर्षमा १४ हजार ८ सय ८१ जना महिलाले आफ्नो नाममा जग्गा पास गराएका हुन्।

घोराहीबाट ६ हजार ८ सय ६४, तुलसीपुरबाट १० हजार ८ सय ५ र लमहीबाट २ हजार ९२ जना महिलाले जग्गा आफ्नो नाममा गराएका छन् । सधै पुरुषको नाममा हुदै आएको सम्पत्तीमा महिलाको पनि समान अधिकार हुने गरी सरकारले नयाँ व्यवस्था र छुट ल्याएपछि त्यसमो सदुपयोग महिलाहरुले गरेका हुन् ।

अर्को तर्फ महिला पुरुषमा पनि संयुक्तरुपमा जग्गा राख्ने गरी सरकारले सम्पत्तीमा दम्पत्तीको समान अधिकार भन्ने अभियान पनि चलाएको छ ।

प्रतिकृया

प्रतिकृया