तुलसीपुर,
३२-साउन / दाङमा क्रसर उद्योगको टिप्परले मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत लमही नगरपालिका वडा नं. ९ रिहारमा शनिबार भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ४ कारकाँदोका ४५ वर्षीय रमेश बस्नेत र घोराही उपमहानगरपालिका वडा नं. ५ धर्ना निवासी ४२ बर्षीय बिनोद बस्नेतको मृत्यु भएको । 


ADVERTISEMENT

   


दाङको घोराहीबाट नेपालगञ्ज जाँदै गरेको रा ३ प ११३१ नम्बरको मोटरसाइकललाई पाण्डव क्रसर उद्योगको ना ६ ख ३४०३ नम्बरको टिप्परले लमही नगरपालिका ९ को रिहारमा ठक्करदिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहले बताए । रमेशको लही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो, भने बिनोदको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने गाडीलाई नियन्त्रणमा लगिएको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया