घोराही,
३२-साउन /  घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारुहरुको इतिहासलाई बचाउने गरी कलम चलाउन थारु पत्रकारहरुलाई आग्रहगरेका छन।

दाङको इतिहास थारु सँग जोडिएको तर बिस्तारै भेषभुषा, संस्कार संस्कृतीहरु मासिदै गएको भन्दै जागरण ल्याउने गरी कलम चलाउन थारु पत्रकारहरुलाई नगर प्रमुख चौधरीले आग्रह गरेका हुन ।

थारु पत्रकार संघ दाङको चौथो अधिबेशनलाई आज घोराहीमा सम्बोधन गर्दै नगर प्रमुख चौधरीले थारुजातीको इतिहास निकै गर्विलो रहेको तर पछिल्लो समय त्यसको संरक्षणमा ध्यान नपुगेको उल्लेख गरे ।


ADVERTISEMENT

   


स्थानिय सरकारको तर्फबाट घोराही उमपहानगरले थारु भाषालाई कामकाजीको भाषा बनाएको र यस बर्ष देखी इच्छीक विषयकारुपमा पठनपाठनमा ल्याउन लागेको जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले दाङको विकासमा थारु समुदायको विकास पनि अनिवार्य हुने बताए । थारु पत्रकारहरुले आफ्नो समुदायका स्थापित, संग्रहीत र संरक्षित गर्नुपर्ने विषयहरुलाई खोजमूलक ढंगबाट बाहिर ल्याउनु पर्ने बताए ।

संघका कार्यबहाक अध्यक्ष अन्जना चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा दिप्तीशिखा चौधरी र निता चौधरीलाई संघले सम्मान गरेको छ । कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका बक्ताहरुले थारु जाती सँग इतिहास जोडिएको भन्दै यसबारे नयाँ पुस्तालाई जानकारी दिन र भाषिक, सांस्कृती, भेषभुषामा शुद्धता ल्याउन जरुरी रहेको बताएका छन् ।

थारु जातीको आफ्नै भाषा, भेषभुषा, संस्कार संस्कृती भए पनि आधुनिकता सँगै भुल्ने र अन्य संस्कार अङगाल्ने क्रम देखिनुले चुनौती सृजना गरेको बताए । कार्यक्रमको सहजिकरण सचिब नविन चौधरीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया