घोराही,
१-भदौ / दाङ सहित देशभर आईतवार देखी एसईईको ग्रेड बृद्धीका लागि परिक्षा सुरु भएको छ । शिक्षा विकास तथा समन्वय ईकाई दाङका अनुसार जिल्लामा ३ हजार ६ सय ७ जना विद्यार्थीले ग्रेडबृद्धीका लागि परिक्षा दिदै छन् ।

परिक्षार्थी संख्या ३ हजार ६ सय ७ जना र विषयगत संख्या भने ७ हजार ३ सय २६ रहेको ईकाईका शाखा अधिकृत देवमणि चौधरीले जानकारी दिए ।

ग्रेडबृद्धीका लागि अंग्रेजीमा ८ सय १८, नेपालीमा १ सय ३५, गणितमा ३ हजार ४ सय ८६, विज्ञानमा १ हजार १ सय ४९ र सामाजिकमा ४ सय ४९ जना परिक्षार्थी रहेका छन् ।


ADVERTISEMENT

   


त्यसैगरी स्वास्थ्य तथा जनसंख्या बाताबरणमा १ सय १५, संस्कृतमा २, ऐच्छीक प्रथमममा १ हजार ६५, एच्छेकी द्धितियमा ९६ र प्राबिधिकधारका ११ जना परिक्षार्थी रहेको अधिकृत चौधरीको भनाई छ ।

परिक्षा सञ्चालनका लागि ९ वटा परिक्षा केन्द्र तोकिएको छ । गएको चैत्र महिनामा भएको एसईई परिक्षामा दाङबाट ११ हजार २ सय विद्यार्थीहरुले परिक्षा दिएका थिए ।

प्रतिकृया

प्रतिकृया