घोराही,
२-भदौ /  यही भदौ ५ गतेदेखि १२ गते सम्म दाङको बेलझुण्डी रंगशालामा मुख्यमन्त्री कप फुटबल प्रतियोगीता हुने भएको छ ।

नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक प्रदेशमा मुख्यमन्त्री फुटबल कप प्रतियोगीता हुन लागेको हो ।

प्रदेश लिग सञ्चालक समितिले सोमबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर फुटबल प्रतियोगीता गर्न लागेको जनाएको छ । प्रतियोगीतामा प्रदेशका छ जिल्लाको सहभागीता रहने आयोजक समितिका संयोजक भुपेन्द्रबिक्रम थापाले जानकारी दिएका छन ।


ADVERTISEMENT

   


प्रदेशका दाङ, बाँके, बर्दिया, रुपन्देही र नवलपरासी जिल्लाको सहभागीता रहने जनाइएको छ । यस्तै रोल्पा, रुकुम पुर्ब, गुल्मी र कपिलबस्तुमध्ये एक जिल्लाको सहभागीता रहने संयोजक थापाले जानकारी दिएका छन । प्रतियोगीता लिग चरण हुने छन् ।

प्रतियोगीतामा बिजेता हुने जिल्लाले नगद दुई लाख, मेडल तथा प्रमाण र दोस्रो हुने जिल्लाले नगद एक लाख, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छ । यस्तै अन्तर प्रदेशस्तरिय फुटबल प्रतियोगीता र सुपर ४ मा पुग्न सकेमा राष्ट्रिय एन्फा प्रसिडेन्ट कपमा प्रतिष्पर्धा गर्ने अबसर प्राप्त गर्ने छन् ।

प्रतिकृया

प्रतिकृया